प्रहरी वृत्तमा आगजनी गरेकाे आराेपमा थप २ जना पक्राउ
थानकोट।
भक्तपुरस्थित प्रहरी वृत्त जगातीमा गत भदाै २४ गते आगजनी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बट्टार घर भएर सुर्यविनायक बस्ने २९ वर्षीय सुदिप घिमिरे र काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटे घर भएका २६ वर्षीय छेकु लामा छन् ।
लामा भक्तपुर बस्दै आएका छन् ।
उनीहरु विरुद्ध आपराधिक उपद्रो सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक(एसपी) सुर्य बहादुर खड्काले बताए ।
यसअघि जगाती वृत्त आगजनी गरेको आरोपमा १२ जना पक्राउ परेका थिए ।













