मातातिर्थमा काैडा खेलिरहेका घरधनीसहित २२ जना पक्राउ, अधिकांश स्थानीय, फेला पर्यो १६ लाख
थानकोट ।
सोमबार साँझ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थ ल्होंकोटबाट २२ जनालाई नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ल्होंकोटस्थित एक घरमा पैसाको हारजित हुनेगरि सट्टेबाजी कौडा खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोली सो घरमा पुग्दा घरधनीसहित १६ जना पुरुष र ६ जना महिलासहित २२ जना काैडामा रमाइरहेको फेला पारेपछि तत्काल नियन्त्रणमा लिएको हो ।
सो क्रममा १६ थान कौडा र १६ लाख ५३ हजार समेत बरामद भएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका मध्ये अधिकांश स्थानीय छन्, उनीहरूको उमेर समुह २८ देखी ५५ वर्षसम्मको छ स्रोतले भन्यो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोटको नियन्त्रणमा राखिएको छ ।













