चन्द्रागिरिमा नेकपा एमालेले आज जनप्रदर्शन गर्दै, गुर्जुधारामा कोणसभा

Thankot Times

थानकोट ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले आज (कार्तिक २५) प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शन गर्दैछ ।

सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतका अनुसार अहिले बिहान ८ बजे सुरु हुने प्रदर्शन नैकापबाट गुर्जुधारासम्म पैदल यात्रासहित हुनेछ ।

नगरका सबै वडा कमिटिका सहभागी नैकापमा भेला भइ प्रदर्शन सुरु हुने उनको भनाइ छ ।

सो पश्चात गुर्जुधारामा कोणसभा हुने बताइएको छ । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत कार्तिक २३ एक कार्यक्रममा कात्तिक २५ गते पालिकास्तरमा जनप्रदर्शनका लागि तयारी गर्न पार्टीका नेता- कार्यकर्तालाई निर्देशन दिएका थिएका थिए । 

उनले झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्डको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र चयन गर्न, जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा गर्न र जनप्रदर्शनका भिडिओ/फोटो सामाजिक सञ्जालमा सेयर गर्न तथा सञ्चारमाध्यममा पठाउन एमाले महासचिव पोखरेलले एमालेजनलाई निर्देशन दिएका हुन्। 

साथै जनप्रदर्शनमा तलका नारा प्रयोग गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन्।

  • -प्रतिगामी षड्यन्त्र मुर्दावाद
  • -विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर
  • -२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर
  • -तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर।
  • -हत्या, हिंसा, आतंक बन्द गर
  • -नेकपा एमाले जिन्दावाद
  • -जनताको बहुदलीय जनवाद जिन्दावाद। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *