महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
थानकोट ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
२५ कात्तिक १९४२ मा इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो २४ वैशाख १९८८ मा जारी गरिएको थियो ।
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ मा निधन भएको हो ।
किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई १६ मंसिर २०६६ मा सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।












