दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
थानकोट।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको हो ।
अब कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनेछन् ।












