सुनको मूल्य तोलामा चार हजार ९ सय रुपैयाँले वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार (कात्तिक २५) सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँ कायम छ । सोमबार (कात्तिक २४) छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *