चन्द्रागिरि केबलकार सेवा आजपनि स्थगित
थानकोट ।
चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या देखिएपछि सो को सेवा आजपनि स्थगित भएको छ ।
हिजो सोमबार बिहानैदेखी सिस्टममा फल्ट देखिएपछि केबलकार सेवा स्थगित गरिएको थियो ।
प्राविधिक जाँचको काम भइरहेको र सुरक्षा जाँचका लागि मंगलबार पनि सेवा स्थगित गरिएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
जेन-जी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि ६० दिन बन्द भएको चन्द्रागिरि केबलकार सेवा गत शनिबारबाट सुचारु भएको थियो ।












