कार्यप्रगति सन्तोषजनक नभएको भन्दै थानकोट-चित्लाङ सडकको ठेक्का तोड्ने चेतावनी

Thankot Times

थानकोट ।

सडक डिभिजन कार्यालय काठमााडैंले थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको स्तरोन्नति लगायतका कार्यमा सन्तोषजनक प्रगति नभएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको छ।

कार्यालयले निर्माण व्यवसायी तामाङ कन्स्ट्रक्सन प्रालिका नाउँमा पत्र काट्दै यथासक्य कार्यप्रगति नदेखिएमा ठेक्का तोड्ने आशयको पत्र काटेको हो ।

हालसम्म सडकको प्रगति ६६.६७ प्रतिशत मात्रै भएको तर ठेक्काको म्याद सकिन केही अवधिमात्रै बाँकी रहेको भन्दै उक्त पत्रव्यवहार गरेको हो ।

२०८२ वैशाख १९ मा भएको सम्झाैता अनुसार असार २५ भित्र कार्य सम्पन्न गर्नुपर्नेमा २०८२ पुस २० भित्र कार्य सम्पन्न गर्नेगरि म्याद थप भएको छ ।
उक्त कम्पनीले सडक खण्डको चेनेज ४+००० देखी चेनेज ७+००० सम्मको कार्यका लागि ठेक्का प्राप्त गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *