मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ ।

भण्डारीले एमाले नेता सरोज यादवलाई सोमबार सबेरै बर्दिबासको एउटा होटलमा मधेश प्रदेश मुख्यमन्त्रीको शपथ गराएकी थिइन् । त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *