चन्द्रागिरिमा ५२६ गरिब परिवार पहिचान, कुन वडामा कति गरिब परिवार छन् ? (सूचीसहित)
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका सबै १५ वटै वडाका गरिब परिवार पहिचानको सूची प्रकाशन गरेको छ ।
चन्द्रागिरि नगरपालिका अन्तर्गतका गरिब परिवार पहिचान गर्ने सन्दर्भमा तथ्याङ्क संकलन तथा विश्लेषण गरी नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त प्रारम्भिक रुपमा पहिचान भएका गरिब परिवारहरुको सूची आइतबार (कार्तिक २३) चन्द्रागिरि नगरपालिकाको वेभसाइट र फेसबुक पेजमा सार्वजनिक भएको हो ।

गरिब घरपरिवार सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूचिमाथि सम्बन्धित परिवार वा कसैको गुनासो भएमा गुनासो सुनुवाइ मार्गदर्शन, २०७८ को दफा ३ बमोजिम गुनासो दर्ताको आधारमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नगरपालिकाको कार्यालयको गुनासो सुनुवाइ अधिकारी समक्ष तोकिएको अनुसूचीमा स्पष्टसँग सम्पूर्ण विवरण भरि गुनासो दर्ता गराउन चन्द्रागिरि नगरपालिकाले सबैमा अनुरोध गरेको छ । सार्वजनिक विवरण अनुसार चन्द्रागिरि नगरमा ५२६ जना गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान भएका छन् ।
सार्वजनिक विवरण अनुसारः
चन्द्रागिरि नगरपालिका वडा नं. १ मा ६४ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. २ मा ६० जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ३ मा २६ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा २४ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा ६६ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा ३४ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा २४ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २५ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा १९ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २४ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. ११ मा ४० जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा ४५ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. १३ मा ३६ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा १६ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान
चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा २३ जना अति गरिब, मध्यम गरिब र सामान्य गरिब घर परिवार पहिचान













