बाँडभञ्ज्याङस्थित चण्डिकादेवी माविलाई कृषि विकास बैंकद्वारा सहयोग हस्तान्तरण
थानकोट।
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित चण्डिका देवी माध्यामिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ।
मंगलबार (कार्तिक २५) बैंकले सो विद्यालयलाई विद्यालय भवन मर्मत तथा रंगरोगन कार्यका लागि नगद रु. एक लाख बराबरको आर्थिक सहयोग गरेको हो।
शैक्षिक संस्थाको भौतिक पूर्वाधार सुधारमा सहयोग पुर्याउने उद्देश्यका साथ उक्त रकम हस्तान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उप-महाप्रबन्धक मिनराज पोखरेल, विभागीय प्रमुख बिना शर्मा, प्रबन्धक दिल बहादुर श्रेष्ठ, वरिष्ठ शाखा अधिकृत गिता नेपाल, चण्डिका देवी माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
बैंकको उक्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विद्यालयले जनाएको छ।












