सुनको भाउ घट्यो, चाँदीको बढ्यो
थानकोट ।
कारोबार हुने यस साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा बहुमुल्य धातु सुनको मूल्य प्रतितोलामा अघिल्लो कारोबार दिनको तुलनामा २ हजार १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३ सय कायम भएको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १ सय ७५ मा कारोबार भइरहेको महासंघको भनाइ छ ।













