सी डिभिजन छनोटमा ३९ टोलीको सहभागिता रहने, थानकोटको वीआर ब्रदर्श समुह बी मा

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेबाट सुरु गर्ने शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगितामा ३९ टोलीले सहभागिता जनाउने भएका छन् । 

अखिल नेपाल फुटबल संघले बुधबार (कार्तिक २६) प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । 

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूलाई विभिन्न १३ समुहमा विभाजन गरिएको छ । हरेक समुहमा ३ टोली रहनेछन् । प्रतियोगिताका सबै खेल एन्फा कम्पलेक्सको खेलमैदानमा हुनेछन् । फाइनल खेल मंसिर २८ गते हुनेछ । 

प्रतियोगितामा थानकोटको वीआर ब्रदर्श (हामी दाजु भाई) समुह बी मा परेको छ ।

थानकोटको वीआर ब्रदर्शले सी डिभिजन छनोट लिग खेल्ने, वडा कार्यालयले दियो आर्थिक सहयोग

यो समुहमा हुम्ला फुटबल एशोसियसन र लिखु भूजी फुटबल क्लबपनि छन् । पहिलो खेलमा वीआर ब्रदर्शले मंसिर ४ गते लिखु भूजी फुटबल क्लबसँग खेल्नेछ भने दोश्रो खेल मंसिर १० गते हुम्ला फुटबल एशोसियसनसँग खेल्नेछ । 

समुह चरणमा शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *