कस्तो रहला आज बिहीबारको माैसम ?

Thankot Times

थानकोट।

देशका केही स्थानमा आंशिक बदली भए पनि आज बिहीबार वर्षाको सम्भावना छैन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *