तोलामा एकैदिन पाँच हजार ९ सय रुपैयाँ बढ्यो सुनको भाउ
थानकोट ।
नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य तोलामा पाँच हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २ सय रुपैयाँ कायम छ ।
हिजो बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १ सय ७० रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला तीन हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला तीन हजार १सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।













