थानकोटका ३५ वर्षीय रितेश लामाको कोठाबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी

Thankot Times

थानकोट ।

काठमाडौंका दुई स्थानबाट विभिन्न धनमाल चोरी भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी रातोपुल डेरा गरी बस्ने चन्द्रागिरि नगरपालिका-४ थानकोट घर भएका ३५ वर्षीय रितेश लामाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ६ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-५ हाडीगाउँ डेरा गरी बस्ने मोरङ रंगेली नगरपालिका-४ घर भएका ४८ वर्षीय भीम कुमारी बानियाको कोठाबाट सुनका गरगहना र मोबाइल १ थान गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *