नागार्जुन नगरपालिकामा अख्तियारकाे छापा, विभिन्न कागजात बरामद
थानकोट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।
अख्तियारमा धेरै उजुरी परेपछि बिहीबार छापा मारेर विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
‘छापा मार्न गएको टोली नगरपालिकाबाट हिँडिसकेको छ, प्रवक्ता पौडेलले भने, के–के कागजात नियन्त्रणमा लिइएको छ त्यो हेर्न बाँकी छ ।’












