आज शुक्रबारको माैसम पूर्वानुमान जान्नुहोस
थानकोट ।
देशका केही प्रदेशमा आज आंशिक बदली रहनेछ ।
यद्यपि, मुख्यतया मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।












