नेपाल प्रिमियर लिग सिजन-२ को टिकट खुला, यस्तो छ टिकट दर
थानकोट ।
मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट खुला गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणमा पहिलो ६ दिनको टिकटको टिकट खुला गरेको हो । खेल हेर्न जान चाहनेले खल्तीमार्फत टिकट काट्न सकिनेछ ।
पहिलो दिन र शनिवारका लागि साधारण प्यारापिटको टिकट ५०० र भिआइपीको १५ सय तोकिएको छ ।
त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भिआइपीतर्फ एक हजार कायम गरिएको छ ।
प्लेअफ र फाइनलका लागि साधारणतर्फ एक हजार र भिआइपीतर्फ २ हजार तोकिएको छ । सिजनल पासका लागि १५ हजार मूल्य कायम गरिएको छ ।















