निर्वाचन आयोगद्वारा निर्वाचनका लागि दल दर्ता आह्वान

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनाका लागि दल दर्ता आह्वान गरेको हो ।

आयोगले आज (कात्तिक २८) गोरखापत्रमा छुट्टाछुट्टै सूचना प्रकाशित गरी चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय मंसिर १ देखि १० गतेसम्म तोकिएको छ । राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्मको समय तोकिएको छ ।

आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक-फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।

निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मितिलगायत आवश्यक कागजात समेत खुलाउनुपर्ने आयोगले जनाएको छ । निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातबारे पनि सूचनामा उल्लेख छ ।

आयोगमा प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ताको समय भने भोलिसम्मका लागि छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *