रास्वपा नेता सन्तोष परियारद्वारा पार्टी त्यागेको घोषणा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।
विघटित प्रतिनिधि सभामा पार्टीको प्रमुख सचेतक रहेका उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका हुन् ।
“मैले पार्टी छाडेँ । अब नयाँ पार्टी बनाउँछु,” उनले सञ्चारकर्मीहरुसँग भने ।












