चन्द्रागिरि नगरपालिकास्तरीय अन्तर विद्यालय खुला लोकनृत्य प्रतियोगिताको उपाधि मंगलोदयलाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकास्तरीय अन्तर विद्यालय खुला लोकनृत्य प्रतियोगिताको उपाधि थानकोटस्थित मंगलोदय माविले हात पारेको छ ।

शुक्रबार आयोजित प्रतियोगितामा ३१ वटा विद्यालयलाई पछि पार्दै मंगलोदय माविले उपाधि जितेको हो ।

प्रतियोगितामा ब्राइट एन्जल स्कुल दोश्रो हुँदा ज्ञानसुधा एकेडेमीले तेसो स्थान हात पार्यो ।

साइनिङपथ पब्लिक स्कुल र ब्राइटफ्यूचर माविले सान्त्वना स्थान हात पारे ।

चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको मंगलोदयले नगद २५ हजार रुपैयाँ प्राप्त गर्दा दोश्रो हुने ब्राइट एन्जलले १५ हजार रुपैयाँ हात पार्यो ।

तेस्रो बनेको ज्ञानसुधा एकेडेमीले १० हजार नगद पुरस्कार पाउँदा सान्त्वना स्थान हात पारेका साइनिङपथ पब्लिक स्कुल र ब्राइटफ्यूचर माविले पाँच-पाँच हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

थानकोटस्थित मंगलोदय माविको प्राङ्गणमा सञ्चालित प्रतियोगितामा विजेता बनेका तथा सहभागी भएका विद्यालय तथा विद्यार्थीहरूका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष घनश्याम लुइँटेल, वडाध्यक्ष दुर्गालाल महर्जन तथा श्रीकृष्ण खत्री लगायतले पुरस्कृत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *