मच्छेगाउँबाट शैलुङ घुम्न गएका यात्रु सवार ईभी दुर्घटना, १२ जना घाइते, ४ को अवस्था चिन्ताजनक
थानकोट ।
दोलखाको शैलुङ गाउँपालिका-८ कालापानीमा ईभी (गाडी) दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँबाट आन्तरिक पर्यटक लिएर शैलुङ गएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी शुक्रबार अपराह्न दुर्घटना भएको हो ।
दुर्घटनामा परेका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको उद्वार गरेर अस्पताल लगिँदैछ ।
दुर्घटनामा पर्नेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।













