शैलुङमा चन्द्रागिरिका तिर्थयात्री सवार गाडी दुर्घटना, एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा शुक्रबार दिउँसो भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोर्खाकी ६० वर्षीय एकुमाया अर्याल रहेकी छन् । उनको सैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल उनी काठमाडौंको चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्दै आइरहेकी थिइन् ।

प्रहरीका अनुसार मृतकको पुरानो घर गोर्खा हो ।

दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार माइक्रोबसमा १६ जना सवार थिए ।
जसमध्ये १४ जना घाइते भएका छन् ।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *