महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली कबड्डी टोली बंगलादेश जाने

Thankot Times

थानकोट ।

दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

प्रतियोगिता नोभेम्बर १७ देखि २५ तारिखसम्म हुनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा मानमति विष्ट, जयन्ती बडू, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा सरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्दकुमार झाले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *