आज दिनभर माैसम सफा रहने पूर्वानुमान
थानकोट ।
देशका अधिकांश भू-भागमा आज आइतबार माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
यद्यपि, दिउँसोको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली (थोरै बादल) देखिने सम्भावना छ ।
ती क्षेत्रबाहेक देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने र घाम लाग्ने पूर्वानुमान छ ।












