चन्द्रागिरि नगरमा १ करोड ११ लाखको ठेक्का खोलिएको ४ महिनापछि अस्वीकृत, सूचनामै कैफियत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले १ करोड ११ लाख ७४ हजार ५ सय ८६ रूपैयाँको ठेक्का, ठेक्का खोलिएको ४ महिनापछि अस्वीकृत भएको जनाएको छ । 

आइतबार (कार्तिक ३०) एक सूचना जारी गर्दै नगरले गत असार ४ गते आह्वान भएको सडक बत्ती सप्लाइ तथा जडानसम्बन्धी ठेक्का (बोलपत्र) [ Supply, Delivery & Installation of AC Street Light in Chandragiri Municipality CM/NCB/GOODS/13/081/082] अस्वीकृत भएको जनाएको हो ।

सूचनामा भनिएको छ यस कार्यालयबाट असार ४ मा आह्वान भएको सडक बत्ती सप्लाइ तथा जडानको लागि पेश भएको सम्पूर्ण बोलपत्रहरू सारभूतरूपमा प्रभावग्राही बोलपत्र नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ (संशोधनसहित) को दफा २६ बमोजीम सम्पूर्ण बोलपत्रहरू अस्वीकृत गरिएको व्यहोरा जानकारी गराइन्छ ।

असार ४ मा ठेक्का आह्वानको सूचना प्रकाशित भएका बखत उक्त ठेक्का साउन ४ गते खोलिने उल्लेख छ ।

असार ४ मा एकै सूचनामा चन्द्रागिरि नगरका दुई वटा शीर्षकमा बोलपत्र आह्वान भएका छन् ।

ती मध्ये अंग्रेजी भाषामा लेखिएको ठेक्का संकेत नं. CM/NCB/GOODS/12/2081/082 मा ११ करोड ११ लाख ७४ हजार ५ सय ८६ रुपैयाँ बराबर Supply, Delivery & Installation of AC Street Light in Chandragiri Municipality उल्लेख छ ।

यस्तै, सोही सूचनामा CM/NCB/GOODS/13/081/082 मा ३९ लाख २० हजार  ५ सय ३५ रुपैयाँ बराबर Supply, Delivery of GI Pipes in Chandragiri Municipality उल्लेख छ ।

असार ४ मा ठेक्का आह्वानको सूचना हेराैं

रोचक कुरा के छ भने कार्तिक ३० मा प्रकाशित सूचनामा ठेक्का संकेत नं. CM/NCB/GOODS/13/081/082 अस्वीकृत भएको भनिएको छ तर सो शीर्षक विवरणमा Supply, Delivery & Installation of AC Street Light in Chandragiri Municipality उल्लेख छ । यसले नगरपालिका कार्यालयले कुन चाँही ठेक्का अस्वीकृत भएको हो भन्ने समेत अस्पष्ट पारेको छ ।

साउन महिनामा खोलिएको ठेक्का चार महिनापछि अस्वीकृत भएको सूचना जारी हुनु र त्रुटीपूर्ण रुपमा संकेत नं. उल्लेख हुनुले ती दुवै ठेक्कामा शंकाको सुविधा दिएको छ ।

कार्तिक ३० मा ठेक्का अस्वीकृत भएको सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *