पुलबाट खोलामा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु, दुवै जनाको सनाखत

Thankot Times

थानकोट ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका-१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा प्र ०३-००५ प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका-२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका-१३ घर भई हेटौँडा उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । 

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *