नेपाल प्रिमियर लिग कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्राे संस्करण कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ ।
सोमबारदेखि सुरु हुने एनपीएल नेपालमा कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको हो ।
विदेशका लागि स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने छ ।
इन्टरनेट प्रयोगक्ताका लागि भने डिश होम गोमा पैसा तिरेर हेर्न सकिने जनाइएको छ ।














