निर्वाचन आयोगमा आइतबारसम्म १ सय २२ वटा राजनीतिक दल दर्ता
थानकोट ।
निर्वाचनमा आयोगमा आजसम्म १ सय २२ वटा दल कायम भएका छन् ।
फागुन २१ गतेका लागि चुनाव घोषणा हुने अघिल्लो दिनसम्म १ सय २२ वटा दल दर्ता थिए ।
त्यसपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन् ।
६ वटा दल एकता प्रक्रियामा गएकाले र एउटा सर्वोच्च अदालतको आदेश अनुसार खारेज भएको हो ।
यस्तै २८ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा चुनावमा सहभागी हुनका लागि नयाँ दल दर्ताको निवेदन दिन आजसम्मको समय दिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले चुनावमा सहभागि हुन पाउने छन् ।












