नागढुङ्गाबाट लागुपदार्थसहित समातिए चन्द्रागिरिकै २५ वर्षीय युवा
थानकोट ।
नेपाल प्रहरीले नागढुङ्गा नाकाबाट एक जना युवालाई शनिबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शनिबार बिहान पाैने ७ बजे काँकडभिट्टाबाट काठमाडाैंतर्फ आउँदै गरेको बा प्र ०३ ००२ ख ३३६३ नम्बरको यात्रु बसमा सवार चन्द्रागिरि नगरपालिका ५ बस्ने २५ वर्षीय युवालाई ४५ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको हो ।
उनीमाथि काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
ती युवा अहिले प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेको बताइएको छ ।













