कस्तो रहला आज मंसिर १ गतेको माैसम ?
थानकोट ।
केही स्थानमा बदली भए पनि आज सोमबार देशभरको मौसम सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।












