नेपाल प्रिमियर लिगः दर्शकका लागि तोकियो पार्किङस्थल
थानकोट ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबारदेखि थालनी हुने नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न सवारी साधन लिएर जाने दर्शकका लागि पार्किङस्थल ताेकिएकाे छ ।
- भीभीआईपी/भीआईपीका सवारी साधनलाई टि.यु. ग्राउण्ड मेन गेट भित्र
- दर्शकका सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्डको नजिकको ग्राउण्ड,आयुर्वेदिक अस्पताल परिसर, टि.यु.गेटदेखि भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर
जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
दोस्रो संस्करणको एनपीएल मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।














