सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

यो साताको दोश्रो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

अघिल्लो दिन प्रतितोला ३१ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३१ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *