नेपाल प्रिमियर लिग क्रिकेट-२०२५ः नेपाटप र लुम्बिनी लायन्सबीच समझदारी

Thankot Times

थानकोट ।

नेपाली निर्माण जगतमा परिचित कम्पनी नेपाटप नेपाल प्रिमियर लिग-२ मा लुम्बिनी लायन्ससँग जोडिएको छ ।

यसबारेमा नेपाटप अर्गनाइजेसनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलीलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा नीजि एवं व्यावसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाटप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभूमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुद प्रर्वद्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरूको प्रतिभा प्रष्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरेका छन् ।

पछिल्लो समय क्रिकेट प्रतियोगितामार्फत् खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पीपीआर पाइप तथा फिटिङ्गस्, यूपीभीसी पाइप तथा फिटिङ्गस्, सीपीभीसी पाइप तथा फिटिङ्गस्, यूपीभीसी झ्याल ढोका, एचडीपीई पाइप, डीडब्ल्यु, सी पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, इलेक्ट्रिक गिजर लगायतका सामाग्री वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्रान्ड हो ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाट नेपालीसहित अष्ट्रेलिया, अफगानिस्तान, नामिबिया र इटालीका अन्तर्राष्ट्रिय खेलाडीले खेल्नेछन् ।

लुम्बिनी लायन्सले मंसिर ४ गते चितवन राइनोज् सँग प्रतिस्पर्धा गर्दै यसवर्ष नेपाल प्रिमियर लिगको सुरुवात गर्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *