फागुन २१ को निर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिकरूपमा दल दर्ता गराएको हो ।
०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।












