नेपाल प्रिमियर लिग-२ः जनकपुरले काठमान्डुलाई दियो १३१ रनको लक्ष्य
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ५ विकेटको क्षतिमा १३० रन बनाएको हो।
काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सका चार महत्त्पूर्ण ब्याटर दोहोरो रन नजोडी आउट भए ।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए ।
मयन यादवले ३४, लाहिरु समारकूनले २२ रन बनाए ।
काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करण केसीले उक/एक विकेट लिए ।














