नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शोणितपुर डोजाङलाई ११ स्वर्ण पदक
थानकोट ।
इन्टरनेशनल मार्शल आर्ट्स एकेडेमीको आयोजनामा काठमाडाैंमा पाँचौँ नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ
शनिबार र आइतबार कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र मलेसियासहित ६ राष्ट्रका ४५० जना खेलाडीले सहभागिता जनाएका थिए।
प्रतियोगिता निर्देशक तथा आयोजक संस्थाका अध्यक्ष राकेश राईका अनुसार प्रतियोगितामा क्योरोगी र पुम्से गरि ५६ स्पर्धा समावेश गरिएको थियो।
जसमा नेपालको प्रतिनिधित्व गर्दै थानकोटस्थित शोणितपुर डोजाङले ११ स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेको बताइएको छ ।












