मध्यरातमा पक्राउ परे व्यवसायी दुर्गा प्रसाईं

Thankot Times

थानकोट ।

मेडिकल व्यवसायी  दुर्गा प्रसाईं पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । “सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको हो,” जिल्ला प्रहरी कार्यालय भक्तपुर स्रोतले भन्यो, “गएराति नै प्रसाईंलाई काठमाडौं पठाइएको छ ।”

हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति  दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं निवासबाटै पक्राउ परेका हुन्।

सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए ।

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका थिए ।

त्यस्तै प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *