एएफसी एसियन कप छनोट : नेपाल र मलेसियाबीच खेल हुँदै
थानकोट ।
एएफसी एसियन कप छनोटमा नेपालले आज (मंगलबार) मलेसियाविरुद्ध खेल्दै छ । नेपालले छनोटको तेस्रो चरणअन्तर्गत मलेसियासँग खेल्न लागेको हो ।
खेल मलेसियाको क्वालालम्पुरस्थित बिकसित जलिल नेनिल रंगशालामा नेपाली समयानुसार ६ः४५ बजे सुरु हुनेछ ।
खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
छनोटमा चार खेल खेलिसकेको नेपाल हालसम्म जितविहीन छ ।
मलेसिया भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ । चार खेल खेलेको मलेसियाले शतप्रतिशत नतिजा निकालेको छ ।
समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।














