सुनकाे मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकाे लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
सोमबार एक तोला सुन २ लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।
आज चाँदी प्रतितोला तोला ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
सोमबार सोही परिमाणको चाँदी ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।












