बागमती प्रदेश सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने

Thankot Times

थानकोट ।

बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निर्ब्याजी ऋण रकम उपलब्ध गराउने बताउनुभयो ।

उहाँले यो कार्यक्रममा सहभागी हुन युवालाई विशेष आग्रह गर्नुभएको छ । दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको दशौं जिल्लासभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो ।

सहभागीले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचनासमेत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *