नेपाल प्रिमियर लिग: विराटनगर किंग्सको कीर्तिमानी जित

Thankot Times

थानकोट ।

विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा सानदार विजयी सुरुवात गरेको छ।

दुई खेलाडीबीच शतकीय साझेदारी तथा एनपिएलकै कीर्तिमानी खेलमा विराटनगरले पोखरालाई ५३ रनले पराजित गरेको हो।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कीर्तिमानी २२१ रनको लक्ष्य दिएको थियो।

प्रत्युत्तरमा पोखराले १८.५ ओभरमा अल आउट हुँदा मात्र १६७ रन बनायो।

प्रतियोगितामा बुधबार एक मात्रै खेल हुनेछ।

साविक उपविजेता सुदूरपश्चिम र काठमाडौं प्रतिस्पर्धा गर्नेछन्।

सुदूरपश्चिम पहिलो खेल खेल्दा काठमाडौ लगातार दोस्रो जितको खोजीमा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *