जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । दिउँसो हिमपात हुने स्थानमा पनि राति भने मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको विभागले जानकारी दिएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।












