प्रधानमन्त्री सुशीला कार्कीले आज दलहरूलाई सरकारका काम कारबाहीका बारेमा जानकारी दिने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी दिने भएकी छन् ।

उनको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई त्यसबारे जानकारी दिन लागेकी हुन् । यो कार्यक्रम आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जानकारी दिइएको छ ।

चुनाव गराउने मुख्य उद्देश्यका साथ गठित सरकारकी प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गर्न नचाहेको र त्यसले चुनावी वातावरण नबनेको भन्दै कतिपयले आलोचना गरेका छन् । यस्तो अवस्थामा उनले आफ्नो सरकारले गरेका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी दिन लागेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *