नागढुुंगाबाट समातिए रमेश

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक किशोर पक्राउपरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नाईट्राभेट ३ सय ट्याब्लेट सहित सर्लाही बसबरीया गाउँपालिका-१ घर भएका १९ वर्षीय रमेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *