नेकपा एमाले चन्द्रागिरि नगर कमिटिको चाैथो पूर्ण बैठक आज बस्दै
थानकोट ।
नेकपा एमालेको चन्द्रागिरि नगर कमिटीको चाैथो पूर्ण बैठक आज (बिहीबार) बस्दैछ ।
सो पार्टीका नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतका अनुसार बैठक अपरान्ह ४ बजेका लागि डाकिएको हो ।
बैठक गुर्जुधारास्थित सो पार्टीको नगर कमिटिको कार्यालयमा बस्नेछ ।
बैठकमा नेकपा एमालेले आउँदो शनिबार काठमाडाैंमा आयोजना गर्ने जनप्रदर्शन लगायतका विषयमा तयारी हुने बुझिएको छ ।














