एनपीएल हेरेर फर्किने समर्थकलाई निःशुल्क बस सेवा, चन्द्रागिरिबासीलाई कलंकीसम्म बस सेवा

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेरेर फर्किने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

क्यानले बुधबार सामाजिक सञ्जालमार्फत युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा मुस्कान ट्राभल्ससँग सहकार्य गर्दै निःशुल्क बस सेवा दिने जनाएको हो ।

“नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताज्यूको पहलमा क्रिकेट खेल हेरेर फर्किने, आफ्नो सवारी साधन नभएका विशेषगरी महिला, वृद्ध र अशक्तहरूको लागि निःशुल्क बससेवा सुचारु हुने भएको छ । यसको लागि मुस्कान ट्राभल्ससँग सहकार्य रहेको छ । सेवा आजदेखि खेल अवधिसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुनेछ,” क्यानले भनेको छ ।

यस्तो छ बसको रुट :

तल्लो टीयू गेट र ल्याब स्कूलको अगाडिबाट

  • रुट–१ : टीयू गेट–स्वयम्भू–बालाजु
  • रुट–२ : टीयू गेट–स्वयम्भू–बालाजु–महाराजगन्ज
  • रुट–३ : टीयू गेट–बल्खु, कालीमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला–चाबहिल
  • रुट–४ : टीयू गेट–बल्खु, सातदोबाटो–कोटेश्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *