नेपाल प्रिमियर लिग क्रिकेटः आज लुम्बिनी र चितवन भिड्दै
थानकोट ।
जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बिहीबार) लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दै छ ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ ।
लुम्बिनी प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेल मात्र जितेको थियो ।
चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो ।
गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।
आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ ।













