नेपाल गल्फ क्लबलाई सामग्री हस्तान्तरण

Thankot Times

थानकोट ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल गल्फ क्लबलाई अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ ।

नेपाल गल्फ संघमार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको हो ।

अस्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसिन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे । 

उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्‍याउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *